Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाको राप्रपा छाड्ने निर्णयलाई पुनर्विचार गर्न अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मंगलबार पार्टी छाडेको घोषणा गरेका थापालाई अध्यक्ष लिङ्देनले आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन्। यस्तै, थापाको उक्त निर्णयसँगै बसेको पार्टी पदाधिकारीहरुको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गरेको छ।

‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’, .बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विज्ञप्तिमा सवै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन पनि आग्रह गरिएको छ । त्यसअघि दिउँसो पार्टी पूर्वअध्यक्ष समेत रहेका थापाले अन्त्यन्तै पिडाका साथ आफूले पार्टी छाडेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077