Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • पहिरोले अवरुद्ध मेची राजमार्ग चार महिनापछि सञ्चालनमा

    पहिरोले अवरुद्ध मेची राजमार्ग चार महिनापछि सञ्चालनमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पहिरो गएर विगत चार महिनादेखि अवरुद्ध भएको मेची राजमार्ग सञ्चालनमा आएको छ। पहिरो झरेर बगेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि सञ्चालनमा आएको हो।

    मर्मतपछि एकतर्फी सडक सञ्चालनमा आएको इलामका प्रमुख जिल्ला अधिकारी महेन्द्र श्रेष्ठले जानकारी दिए। पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडकको ट्रयाक निर्माण गरिएको छ।



    तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको सीडीओ श्रेष्ठले जानकारी दिए। ‘यो राजमार्गमा जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुनेछ,’ श्रेष्ठले भने।



    मेची राजमार्गमा पहिरोको कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए। अब भने इलाम बजारको जामसमेत हटेका छ।

    करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने देखिएको छ। सो सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ।

    मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने कर्यालयले जनाएको छ। गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार