Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसमा एकैदिन थपिए अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

एजेन्सी ।  रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् ।

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । त्यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ ।

त्यसैगरी त्यहाँको सरकारले बताए अनुसार त्यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ६६१ जना संक्रमितको निधन भएको छ ।

यो समेतगरी त्यहाँअहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077