Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्याय सेवा आयोगको बैठक अझै बस्न सकेन

काठमाडौं । तीन सदस्य अनुपस्थित भएपछि आइतबार पनि न्याय सेवा आयोगको बैठक बस्न सकेन । जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि बैठक बोलाइए पनि पदाधिकारीको बेमेलका कारण बैठक बस्न नसकेको हो ।

यसअघि गत बिहीबार बोलाइएको बैठक पनि सदस्यहरूको अनुपस्थितिका कारण स्थगित भएको थियो । आयोगका सदस्यहरू सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो ।

आइतबार प्रधानन्यायाधीश एवं आयोग अध्यक्ष चोलेन्द्र शमशेर जबरा र लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी मात्र उपस्थित हुनुभएको थियो ।

अन्य तीन सदस्यहरू अनुपस्थित भएपछि बैठक बस्न नसकेको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको न्यायिक निष्ठामा प्रश्न उठाउँदै सर्वोच्चकै न्यायाधीश र नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गरेका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077