Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीलाई पठाएको पत्र गोप्य राख्नु आपत्तिजनक, देउवा र प्रचण्डले माफी माग्नुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

थापाले आइतबार साँझ समाजिक सञ्जालमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित भएको बताएका हुन् ।

उनले लेखेका छन्,'प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ ।

कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ।उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077