Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्डको सचिवालयले भन्यो-‘गठबन्धन र सरकारको रक्षाका लागि एमसीसीलाई पत्र लेखिएको हो’

    प्रचण्डको सचिवालयले भन्यो-‘गठबन्धन र सरकारको रक्षाका लागि एमसीसीलाई पत्र लेखिएको हो’

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एमसीसीको सचिवालयलाई पत्र लेखेको विषयमा स्पष्टीकरण दिएको छ । आइतवार साँझ प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि एमसीसीलाई पत्र लेखिएको स्पष्टीकरण दिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवामाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले प्रचण्डले एमसीसीको सचिवालयलाई पत्र लेखेको उल्लेख गरिएको छ । स्पष्टीकरणमा परिमार्जन विना एमसीसी पारित गर्न नहुनेमा माओवादी केन्द्र दृढ रहेको बताइएको छ ।



    राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्न आवश्यक नरहेको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    विज्ञप्तिमा भनिएको छ,’२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसीसी का लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आवस्यक पर्ने कुरा उल्लेख गरिएको हो।’

    आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरमा एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार