Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानूनमन्त्री बडू र सभामुख सापकोटाबिच भेटवार्ता

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री बडू र सभामुख सापकोटाबिच संसद बैठकमा एमसीसी टेबुल गर्ने लगायतका विषयमा छलफल भएको हो ।

बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077