Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरीमा देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

सप्तरी । सप्तरीमा एक युवकले आफनै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्वर १ धनगढी बस्ने प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो । माघ २१ गते बिहान घरमा खाना पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले श्रीमतिको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

घटना पछि उनी फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077