Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीसीएमसीसीको बैठक आज, जोरबिजोर प्रणाली हटाउने तयारी

काठमाडौँ । कोभिड -१९ संकट व्यबस्थापन समन्वयन केन्द्र (सीसीएमसीसी)को बैठक आज (आइतबार) बस्दै छ । बैठकले काठमाडौं उपत्यकामा चल्ने निजी सवारी साधनका लागि लगाइएको जोर-बिजोर प्रणालीबारे छलफल गर्ने बताइएको छ ।

संक्रमण दरलाई हेरेर जोरबिजोरबारे नयाँ निर्णय लिइने बुझिएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको दरमा निरन्तर कमी आउन थालेपछि आज राती १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हट्नसक्ने देखिएको छ ।

यसअघि सरकारले संक्रमण दर उच्च रहेको भन्दै गत माघ ८ गतेदेखि उपत्यकाभित्र चल्ने सबै प्रकारका सवारीमा जोरबिजोर लागू गरेको थियो । तर पछि जोरबिजोरले नै भीडभाड बढाएको भन्दै सर्वत्र आलोचना भएपछि १४ माघदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोरबिजोर हटाइएको थियो।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हिजो ८ हजार ५१३ जनाको परीक्षण गर्दा जम्मा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । त्यो भनेको २२.८१ प्रतिशत संक्रमण दर हो । जबकि अघिल्लो साता संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077