Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दूधको मूल्य वृद्धि गर्न डीडीसीको सरकारलाई प्रस्ताव

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ ।

माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियोध्र किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो ।

यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने पस्ताव मन्त्रालयमा गरेको जानकारी दिए । डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए ।

हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ रहेको छ, त्यसमा १० रुपियाँ वृद्धि गरेपछि ८६ रुपियाँ हुने डीडीसीले जनाएको छ । सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले भने, “देशभर उपभोक्ताको मूल्य समान भने छैन ।

बुटवलमा प्रतिलिटर ७२ रुपियाँ छ भने नेपालगञ्ज र धनगढीमा ७० रुपियाँ र काठमाडौँ उपत्यकामा ७६ रुपियाँ रहेको छ । त्यसमा १० रुपियाँ वृद्धि गरेपछि सबैको लागत उठ्न सक्ने भएकाले त्यस्तो प्रस्ताव गरिएको हो ।” गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077