Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • शनिबार विभिन्न स्थानमा भएका दुर्घटनामा १६ जनाको मृत्यु

    शनिबार विभिन्न स्थानमा भएका दुर्घटनामा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । मुलुकका विभिन्न जिल्लामा शनिबार भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो।

    प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा बेहुली लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।



    प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै ज्यान गएको छ। अन्य २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।



    बम
    दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ।

    यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका(३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

    उक्त दुर्घटनापछि बसमा आगलागी भएको थियो। त्यसमा परेर उनीहरूको मुत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृत्यु भएको छ।

    रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्यही नगरपालिका(१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ।

    स्याङजाको विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

    धादिङको धुनिबेँसी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी अनियन्त्रित भई सडकबाट ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ। -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार