Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र

कैलाली । भारी हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । कैलालीको अत्तरियादेखि डडेल्धुरा जोड्ने राजमार्ग हिमपातका कारण ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका हुन् ।

सडकमै हिउ जमेपछि ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएको राजमार्ग अन्तर्गतको हगुल्टेबाट दीपकबहादुर खड्काले जानकारी दिए । हगुल्टे लेक क्षेत्रमा सडकमै हिउ जमेपछि धेरै ठाउँमा राजमार्ग अवरुद्ध भएको उनले बताए ।

अहिले कैलालीबाट हिउ हटाउन एउटा डोजर पुगेको छ । डोटीबाट अर्को डोजर आइरहेको बुझिएको उनले बताए । उनका अनुसार हिमपातले हिजो साँझदेखि नै राजमार्ग अवरुद्ध हुँदा झण्डै तीन हजार यात्रु अलपत्र परेका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातका कारण भीमदत्त राजमार्गसंगै दार्चुलाको महाकाली राजमार्ग र अछाम जोड्ने राजमार्ग चौखुट्टेमा अवरुद्ध भएका छन्। यस्तै बाजुराको यातायात सम्पर्क नै टुटेको प्रहरीले जनाएको छ।

यस्तै बैतडीमा भने सवारी साधन सन्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077