Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा दुई लाख घुससहित पक्राउ परेका वडा सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका-१४ का वडासदस्य वसन्त महर्जनविरुद्ध मुद्दा दायर गरेको छ।

गत भदौ २१ गते दुई लाख रुपैयाँसहित अख्तियारको फन्दामा परेका महर्जनविरुद्ध दुई लाख रुपैयाँ विगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ।

अख्तियारका अनुसार पक्राउ परेका महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्रका लागि मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएका थिए । अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आयोगको दाबी छ।

‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज बसन्त महर्जनलाई बिगो रु. २,००,००० ।– (दुई लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' अख्तियारले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077