Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्त संशोधन नभई कुनै हालतमा पनि एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् ।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताए ।

‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं, अन्य सहयोग लिई पनि राखेका छौं, एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ अध्यक्ष दाहालले भने ।

एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबीसमेत उनले गरे । पाँच दलीय गठबन्धन टुटाउनका लागि अनेक षड्यन्त्र भइरहेको बताउँदै उनले जति षड्यन्त्र गरे पनि सफल नहुने बताए । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077