Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने

एजेन्सी । युक्रेनमा रसियाको सम्भावित आक्रमणको तनावबीच अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । राष्ट्रपति बाइडेनले युरोपमा यसै हप्ता थप सुरक्षाकर्मी पठाउने भएका हुन् ।

अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ । रसियाले युक्रेन अतिक्रमणको योजनामा गरेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् ।

तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो ।

त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077