मोरङ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बिराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुईटेल मंगलबार पक्राउ पक्राउ परेका हुन् ।
उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनी फरार भएका थिए ।
उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
Leave a Reply