Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव गृह मन्त्रालयमा, भोलि मन्त्रिपरिषद्‌मा पेश हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको छ । मन्त्रिपरिषद् बैठकमा लैजानका लागि निर्वाचन आयोगले मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।

स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुने छ । त्यसपछि मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्ने छ । भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने आकलन गरिएको छ ।

निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भएको भेटपछि आयोगले तत्कालै प्रस्ताव गृह मन्त्रायमा पुर्‍याएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077