काठमाडौं । काठमाडौंमा एकजना नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन् । जिल्लाको भद्रकालीबाट आज बिहान चेकजाँच गर्ने क्रममा प्रहरीले २६ वर्षीय सोनाम तामाङलाई प्रहरीको युनिफर्मसहित पक्राउ गरेको हो ।
उनले चेकजाँचका क्रममा आफू प्रहरी सहायक निरीक्षक भएको बताएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट प्रहरी सहायक निरीक्षकको युनिफर्म र दर्ज्यानीसमेत ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको बताए ।
भक्तपुर घर भएका तामाङलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।