Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीले मातृभूमिको अस्मितामाथि बलात्कार गर्न खोजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा भीम रावलले अमरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै हालतमा पनि पारित हुन नहुने बताएका छन्।

नेता रावलले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा एमसीसी सम्झौता देश र जनताको हीत विपरित रहेको बताए। उसो त नेता रावल सुरुदेखि नै एमसीसीको विपक्षमा छन्।

प्रस्तोता बानियाँले एमसीसीबारे गरिएको गोप्य सम्झौताको तथ्य पुष्टि गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा जवाफ दिँदै रावलले भनेका छन्, 'म तथ्य र प्रमाणकै आधारमा बोल्छु, मसँग प्रमाणहरु छन्।'

आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर तपाईले बिपक्षीलाई प्रधानमन्त्री बनाउनु भयो नी भन्ने प्रश्नको जवाफमा रावलले भनेका छन्, 'हो त्यो गरेकै हो।' 'कस्तो भाले र पोथी भएको एमाले ?' अर्को प्रश्नको जवाफमा रावलले सरकारमा बस्नेहरुको धारणाबारे संक्षिप्त टिप्पणी गरेका छन्।

'एमालेले एमसीसीको पक्षमा मतदान गर्यो भने भीम रावलको भाषामा एमालेले मातृभूमिको अस्मितामाथि चीरहरण वा बलात्कार गर्यो', भन्ने प्रस्तोता बानियाँको प्रश्नको अघि रावलले भनेका छन्, ' देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र भबिष्यमा पनि प्रधानमन्त्री हुन्छु, देश हाक्छु भन्ने व्यक्तिले यस्तो भन्न छुट छ ? '

रावलसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त भिडियोको क्लिप अहिले युट्युवमा हजारौंले हेरेका छन्।

https://www.youtube.com/watch?v=V-BbNVe2eJk

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077