Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचनको तयारी शुरू गर्न प्रधानमन्त्री देउवाले दिए निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते एकै चरणमा गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको अर्को मिति प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का सदस्यसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुने मिति प्रस्ताव गरेको जानकारी दिएका छन्।

आयुक्त थपलियाले चुनावका लागि आयोग तयारी अवस्थामा रहेको र आयोगको प्रस्तावमा प्रधानमन्त्रीसमेत सकारात्मक रहेको बताए ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहका पदाधिकारीको म्याद सकिनुभन्दा दुई महिना अगाडि स्थानीय तहको निर्वाचन हुनुपर्ने छ । ऐनबमोजिम चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने हो । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077