Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन् ।

उनले अतिक्रमण भइसकेका क्षेत्रको गहन छानबिनमा सरकारको पूरा सहयोग रहने विश्वास पनि दिलाए ।

मङ्गलबार राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७७र७८ वार्षिक प्रतिवेदन बुझेपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “बागमती किनार र आसपासका क्षेत्रमा अतिक्रमण धेरै बढ्न थाल्यो, राम्रो अध्ययन गर्नुहोस् ।” गोरखापत्र दैनिकमा समाचार छ ।

प्रधानमन्त्री देउवा समक्ष केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले वार्षिक प्रतिवेदन पेस गरे । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077