Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी, २ अर्ब ४० करोड हिनामिना गरेको आरोप

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध कोरोना भाइरसविरुद्धको खोप गायब बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिने भएको छ।

नेकपा एमालेनिकट युवा संघले स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको हो।

युवा संघका संयोजक किरण पौडेलका अनुसार मन्त्री खतिवडाविरुद्ध मंगलबार दिउँसो २ बजे उजुरी दर्ता गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना गरेको पौडेलको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077