Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले दूधको समर्थन मूल्य तोक्यो, प्रतिलिटर कति ?

काठमाडौं । सरकारले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६.५२ रुपैयाँले दुधको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको हो ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसअघि दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले एउटा समिति गठन गरेको थियो ।

सो समितिले एक महिना लगाएर सातवटै प्रदेशमा गएर अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदन अनुसार प्रशोधित दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यसमा घटाएर सरकारले मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077