Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तहको चुनाव गर्न माग गर्दै काठमाडौंमा प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्थानीय तहको निर्वाचन गर्न माग गर्दै काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

आज साँझ मसाल जुलुस प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको दहन गरेका हुन् ।

काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आरआर) र पुतलीसडकस्थित शंकरदेव क्‍याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘स्थानीय तहको निर्वाचन तुरून्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ नारासहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077