Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो ।

२१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077