Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापालाई लिङ्देनको जवाफ: 'निर्वाचनको नतिजा स्वीकार्न नसक्नु मूर्खता'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पूर्वअध्यक्ष कमल थापालाई जवाफ फर्काएका छन्।

थापाले आइतबार पार्टी अध्यक्ष लिङ्देनलाई सम्बोधन गर्दै पत्र पठाएका थिए । सोही पत्रको जवाफ दिँदै लिङ्देनले आफूले थापाबाट त्यस्तो अपेक्षा नगरेको बताए।

सोमबार बिहान प्राइम टेलिभिजनको प्राइम संबाद कार्यक्रममा प्रस्तोता कृष्ण मल्लसँगको कुराकानीमा लिङ्देनले भने,'उहाँको पत्रबारे धेरै टिप्पणी नगरौं, उहाँबाट जे अपेक्षा थियो त्यो भएन, निर्वाचनमा गएर परिणाम आइसकेपछि नतिजा स्वीकार्न नसक्नु उहाँको मूर्खता हो।'

त्यसअघि प्रस्तोता मल्लले थापाले लिङ्देनलाई लेखेको पत्रको केही हरफहरु पढेर सुनाएका थिए । पत्रमा आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको थापाको आरोप थियो।

[insert page='112487' display='yopanipadhnuhos.php']

[insert page='112505' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077