Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • प्रेस काउन्सिलद्वारा एकै पटक दुई वर्षका पत्रपत्रिका वर्गिकरण नतिजा सार्वजनिक

    प्रेस काउन्सिलद्वारा एकै पटक दुई वर्षका पत्रपत्रिका वर्गिकरण नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको जनाएको छ ।

    काउन्सिलका अनुसार आर्थिक वर्ष २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकाहरुलाई वर्गीकरण गरिएको हो । जसमध्ये क वर्गमा २३९ वटा, ख वर्गमा ४३१ वटा, ग वर्गमा १६३ वटा पत्रपत्रिका परेका छन् भने यो आर्थिक वर्षमा घ वर्गमा एउटा पत्रि पत्रिका परेका छैनन् । त्यसैगरी नियमित तर हुबहु र वर्ग कायम नभएका पत्रपत्रिकाको संख्या ४५ रहेको छ ।



    त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकाहरुको वर्गीकरण भएको छ । जसमध्ये क वर्गमा २१९ वटा, ख वर्गमा ४७६ वटा, ग वर्गमा १३७ वटा र घ वर्गमा १५ वटा पत्रपत्रिका परेका छन् । त्यस्तै नियमित तर हुबहु र वर्ग कायम नभएका पत्रपत्रिकाको संख्या भने ३६ रहेको छ ।



    काउन्सिललले नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय भएको समेत जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार