Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाखौं असुली गर्दागर्दै पक्राउ परेका सीआईबीका सई धरौटीमा रिहा

काठमाडौं । लाखौं असुली गर्दागर्दै पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायव निरीक्षक (सई) विष्णु प्रसाद ढुंगाना धरौटीमा रिहा भएका छन्।

गत मङ्सिर २७ गते व्यापारीलाई धम्काएर १५ लाख लिएको आरोपमा पक्राउ परेका सई ढुंगानालाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।

ढुंगानामाथि आफू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत भएको भन्दै केस मिलाउन रकम असुल्न खोजेको आरोप लागेको थियो । मुद्धा मिलाइदिने भन्दै  व्यापारीसँग पैसा लिन लाग्दा उनी पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध ‘अपराधी लाभ’ विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो । ती व्यापारीले अवैध गतिविधि गर्दै आएको थाहा पाएपछि सई ढुंगानाले पैसा माग्दै आएको अनुसन्धानमा खुलेको थियो ।

ढुंगानाका कारण सीआईबीको छबीमाथि प्रश्न चिन्ह समेत उठेको छ। उनलाई सीआईबीकै उच्च अधिकारीको संरक्षण रहेका कारण सहजै रुपमा असुली धन्दा चलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077