Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिजुलीको तार सर्ट भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति

बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा आज आगलागी भएको छ ।

बिजुलीको तार सर्ट भई स्थानीय कलमोदिन मियाँको पक्की घरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077