Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आजदेखि उपत्यकाका सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर

    आजदेखि उपत्यकाका सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको भएको छ ।

    उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले गएराति १२ बजेबाट लागू हुने गरी जोरबिजोर हटाउने निर्णय गरेका हुन् ।



    माघ ७ गतेबाट लागू भएको जोरबिजोर प्रणाली हिजो राति १२ बजेबाट हटेको काठमाडौँका सिडिओ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।



    तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा भने जोरबिजोर कायमै राखिएको छ। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

    जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार