Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज राति १२ बजेदेखि उपत्यकामा सार्वजनिक गाडीमाथि लगाइएको जोरबिजोर प्रणाली हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हट्ने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले शुक्रबार राति १२ बजेबाट जोर बिजोर हटाउने निर्णय गरेको हो । काठमाडौँका सिडिओ गोविन्दप्रसाद रिजालका अनुसार माघ ७ गतेबाट लागू भएको जोरबिजोर प्रणाली राति १२ बजेबाट हट्ने छ ।

यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077