Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

जोरबिजोर प्रणालीले सार्वजनिक गाडीमा भिड बढ्दा झनै जोखिम बढेको गुनासोपछि सीसीमएसीसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो ।

जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077