Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानव तस्करलाई सघाएको आरोपमा अध्यागमनका ९ अधिकृतलाई मन्त्रालय तानियो [सूची]

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा मलेसियासहितका खाडी मुलुक जाने यात्रुहरुलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ।

अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरुमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन्।

मन्त्रालय स्रोतका अनुसार बिहीबार अध्यागमनका ९ जना अधिकृतलाई फिर्ता बोलाइएको हो । उनीहरुले मानव तस्करलाई सहयोग गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार आरोपित कर्मचारीहरुले म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गरेका थिए ।

फिर्ता गर्ने निर्णयसँगै मन्त्रालयले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ। स्र्तोका अनुसार उनीहरुको गतिविधिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निगरानी गरिरहेको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमन समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077