Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाउँपालिकाबाट सुरक्षा भत्ता चोरी प्रकरण: अख्तियारद्वारा वडा सचिवसहित तीन जनाविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँभन्दा बढी चोरी प्रकरणमा वडासदस्यसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सचिव सरिता राउत समेत ३ जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गर्दै शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले वडासचिव रावतसहित करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार २४ चैत २०७७ मा हिमालयन बैंकको त्रिशुली शाखाबाट झिकेको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको ५३ लाख रकम हराएको थियो।

वडासचिव राउतसहितले उक्त रकम चोरी भएको बताउँदै आएका थिए । प्रहरीको अनुसन्धान निष्कर्षमा नपुगेपनि अख्तियारले भने रकम हराएको (चोरी भएको) घटनामा वडासचिव राउतसहित ३ जनाको भूमिका शंकास्पद देखिएकाले उनीहरुको संलग्नता रहेको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अख्तियारले तीनै जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम अधिकत्तम (८ वर्षसम्म कैद) सजाय मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077