Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको कामलाई सरकारले अगाडी बढाउँछ : खेलकुदमन्त्री गहतराज

चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आज बिहीवार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको अवलोकन गरेका छन् ।

रङ्गशाला सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको अवसरमा मन्त्रीसहित मन्त्रालयको टोली र वाग्मती प्रदेशका मन्त्रीललगायतले अवलोकन गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले रोकिएको रङ्गशाला निर्माणको कामलाई सरकारको तर्फबाट जति सक्दो छिटो प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्तगरे ।

यसअघि धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र देश तथा विदेशबाट पनि सहयोग नपाएको भन्दै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो ।

भरतपुरमा निर्माणाधीन रङ्गशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077