काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ ।
बिहीबार एमाले प्रदेश १ ले विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा पार्टीमाथि अन्तरघात गर्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गर्ने जनाएको छ ।
१९ पदका लागि बुधबार भएको निर्वाचनमा एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित भएका थिए । नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाली पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने बताएकी हुन् ।
‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ, जारी विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply