Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा मतपरिणाम : दलिततर्फ सुदूरपश्चिमबाट गठबन्धनका पार्की विजयी

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट डडेल्धुराका जगत पार्की विजयी भएका छन्।

पार्कीले १०५ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन् । यस्तै निर्वाचनमा ३ मत बदर भएका छन् ।

यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी सुदूरपश्चिम इञ्चार्ज गरिमा शाह विजयी भएकी थिइँन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077