Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल मन्त्रालय तानिए

काठमाडौं ।  औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालयमा तानिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै महानिर्देशक ढकाललाई मन्त्रालय तानेका हुन्।

यसअघि ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको थियो । तर, ढकालले जान अटेर गरेपछि उनलाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतको भनाइ छ।

‘उहाँलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको थियो,' स्रोतले भन्यो, 'तर उहाँ त्यहाँ जान नमानेपछि मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालय तान्ने निर्णय भएको हो।'

ढकाललाई पुस २५ गते प्रयोगशालामा सरुवा गर्ने निर्णय भएको थियो । तर उनले आफ्नो सरुवा कानुन अनुसार नभएको भन्दै विभागमा नै हाजिर गर्दै आएका थिए।

ढकाललाई सरुवा गरेर मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराईलाई पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077