Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: मधेशमा तनाव, अन्य प्रदेशमा शान्तिपुर्ण मतदान [अपडेट]

रामनारायण यादव / जनकपुरधाम । १९ सिटका लागि साटवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन जारी रहेको छ । आयोगले मतदानको समय विहान ९ बजे देखि ३ बजेसम्म तोकेको छ।

मधेश प्रदेशमा सीके राउतका कार्यकर्ताबीच पटक–पटक झडप पनि निर्वाचन नरोकिएको मतदान अधिकृत पुष्पा झाले जानकारी दिइन् । अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशमा तनाव, सरकारी गाडी तोडफोड

मधेश प्रदेशमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन्। झडपको क्रममा सुमन र मेयर गणेश प्रसाईं सामान्य घाइते भएका छन् ।

जनमतका पार्टी कार्याकर्ताहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् ।

बागमती प्रदेशमा पनि केही बेर तनाव

बागमती प्रदेशमा पनि केहीबेर तनावको स्थिति देखियो । प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव उत्पन्न भएको थियो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो । त्यही बेला माओवादी केन्द्रका अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि श्रेष्ठसँग बाझेका थिए ।

हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान बिहान ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फोटो खिचेको विषयले लिएर केही बेर मतदात अबरुद्ध भएका थिए । अहिले मतदान शान्ति पुर्ण रुपमा भईरहेको छ।

निर्वाचन आयोगका अनुसार अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077