Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

कैलाली । सुदूरपश्चिममा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए । बिहान ९ बजेदेखि सुरु हुने मतदान दिउसो ३ बजेसम्म चल्नेछ ।

कार्यालय प्रमुख भट्टका अनुसार मतदानका लागि प्रदेश सभाभित्रै दुई वटा मतदान केन्द्र बनाइएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेशसभा सदस्यका लागि एउटा मतदान केन्द्र बनाइएको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्।

नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन्।

प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077