काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको माग नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै थापाले यस्तो बताएका हुन् । साथै उनले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने विषय नभएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्चालमा लेखेका छन्,’नेपाल ”हिन्दुराष्ट्र” हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन । हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।’
Leave a Reply