Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु

एजेन्सी । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा सोमबारसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

हिमपातमै परी अन्य ७६ जना घाइते भएको समेत स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ।

हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उनीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077