Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति: ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा र दुई किलो चाँदी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शाहीले मुख्यमन्त्री भएको करिब चार महिनापछि सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको जानकारी अनुसार शाहीसँग हुम्लाको सिमकोट, काठमाडौं महानगरपालिका-१६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफलमा जग्गा रहेको छ।

यस्तै, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा जग्गा रहेको उल्लेख गरिएको छ ।

शाहीका अनुसार यो सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077