Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अपहरणमा परेका राइडरले अफलाइन राइड लिएको पठाओको दाबी (विज्ञप्ति)

काठमाडौं । शनिबार राति अपहरणमा परेका पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको कम्पनीले दाबी गरेको छ ।

पठाओकी प्रवक्ता सुरक्षा हमालले सोमबार घटनाबारे कम्पनीले एक विज्ञप्ति जारी गर्दै राइडर प्रविणले उक्त समयमा अफलाइन राइड लिएको बताएकी छन्।

राईलाई शनिबार राति कोटेश्वरबाट चढेका मिनराज राईले धापाखेल पुर्‍याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका मिनराज र सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ ।

पठाओ राइडरलाई कोटेश्वरबाट धापाखेल पुर्याएर कुटपिट गरी लुटपाट, दुई युवा पक्राउ

पठाओका अनुसार राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए । कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ ।

यस्तो छ पठाओको बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077