Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई हबल्दारसहित १३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कविहीन रहेका १३ जना प्रहरीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयको सम्पर्कमा प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

सम्पर्कविहीन रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन सूचनामा आग्रह गरिएको हो ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

प्रहरी प्रधान कार्यालयको सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर र केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह रहेका छन् ।

कुँवर पुस ८ गतेदेखि र सिंह मंसिर १९ गतेदेखि सम्पर्कविहीन छन् । त्यस्तै प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा नरहेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077