Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी विदेश मन्त्रालयद्धारा दूतावासका कर्मचारी र नागरिकलाई युक्रेन छाड्न आदेश

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ।

रुसले युक्रेनमाथि हमला गर्ने चर्चा चलिरहेको र त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश जारी भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ। उसले अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन आह्वान समेत गरेको छ।

रुसले भने युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ। अमेरिकी विदेश मन्त्रालयले चाहिँ युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ।

युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077