Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पठाओ राइडरलाई कोटेश्वरबाट धापाखेल पुर्याएर कुटपिट गरी लुटपाट, दुई युवा पक्राउ

काठमाडौं । महानरीय प्रहरी बृत्त सातदोबाटोले पठाओ चालक (राइडर) प्रवीण राईलाई अपहरण गरी लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली मियाखर घर भएका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय मनराज राई रहेका छन्। सातदोबाटो प्रहरी वृत्तका प्रमुख डीएसपी दिनेश घिमिरेको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो।

धापाखेल आँखीदहबाट स्थानीयले मुखमा पट्टि लगाएको, शरिरका भागहरुमा चोट लागेको, हात पछाडि बाँधिएको अवस्थामा पठाओ चालक राई हार गुहार गर्दै आएको भन्ने सूचना गएराती १ः३० बजे प्रहरीलाई दिएपछि घिमिरे स्वयम् रातीनै फिल्डमा खटिएका थिए।

डिएसपी घिमिरेका अनुसार काठमाडौं बस्दै आएका पठाओ चालक २५ वर्षीय प्रवीण राईलाई भने उनीहरुले शनिबार राति ११ बजेतिर कोटेश्वरबाट धापाखेल लगेका थिए ।

प्रदेश २–०१–००१ प ११३६ नम्बरको मोटरसाइकलका पठाओ चालक प्रवीणले मनराजलाई कोटेश्वरबाट धापाखेल लगेका थिए । मनराजलाई धापाखेलस्थित आँखिदह पुर्याएर फर्किन लाग्दा प्रविणमामथि मनराजका साथी सुमनले आक्रमण गरेका थिए ।

त्यसपछि राई र तामाङ मिलेर प्रवीणको हातखुट्टा बाँधी मुखमा टेप लगाएर कुटपिट गरी लुटपाट समेत गरेर फरार भएका थिए। सूचना पाएलगत्तै तत्कालै फिल्डमा खटिएको डिएसपी घिमिरेको टोली घाइते राईलाई तत्कालै उद्दार गरी उपचारका लागि पाटन अस्पताल पुर्याएर अपहरणकारीको खोजीमा जुटेको थियो ।

महानगरिय प्रहरी परिसर ललितपुर समेतको संयुक्त टोलीले खोजतलास गर्दै जाने क्रममा आज दिउसो काठमाडौंको बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुमा प्रविण राईकै मोटरसाईकल विक्री गर्दै गरेको अवस्थामाम सुमन तामाङ र मनराज राईलाई पक्राउ गरिएको डिएसपी घिमिरेले बताए । पक्राउ परेका सुमन र मनराजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077