Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक स्थगित गरेर शनिबारका लागि स्थायी समितिको बैठक बोलाएको छ।

देशभर कोरोना महामारी फैलिएपनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति स्थगित गर्ने निर्णय माओवादीले गरेको थियो । माओवादीले केन्द्रीय समितिको अर्को बैठक अवस्थामा सामान्यतर्फ अघि बढेपछि मात्रै बस्ने जनाएको छ ।

तर पार्टीको आन्तरिक विषय र समसामयिक विषयमा छलफलका लागि बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

आजै आयोगका अध्यक्षहरुको बैठक पनि बस्नेछ । बैठक स्वास्थ्य मापदण्ड पालना गरेर बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

माओवादीले केन्द्रीय कमिटीबाट पदाधिकारीको चयन गर्ने बताएपनि कोरोना महामारीका कारण प्रभावित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077