Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको झण्डै १० लाखसहित दुईजना पक्राउ

सप्तरी । स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित सप्तरीमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

राजविराज नगरपालिका–५ मा प्रदेश नम्बर २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077