Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६५ वर्षीया वृद्धा हत्या आरोपमा तीनजना पक्राउ

पाल्पा । प्रहरीले पाल्पामा ६५ वर्षीया वृद्धा हत्या आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको छ ।

तानसेन नगरपालिका–६, कुन्सरे स्कुलडाँडाकी ६५ वर्षीया सरस्वती देवी घर्ती मगरको हत्या आरोपमा तानसेन नगरपालिका–६, कुन्सरेका ४२ वर्षीय कमलबहादुर घर्ती थापा, २० वर्षीय हरिबहादुर सुनार, २७ वर्षीय सुनिल परियारलाई पक्राउ गरिएको हो ।

ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । गत पुस २३ गते घरमा सुतिरहेकी घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप उनीहरुमाथि छ ।

हत्यापछि शव तीन जनाले पालैपालो बोकी नजिकै रहेको खोल्सामा लगेर फालेको प्रहरीसामु स्वीकारेका छन् । मृतक घर्तीको छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077